२०८३, कार्तिक १३ गते शुक्रबार

नेपाल सरकार, मन्त्रिपरिषद्‌को २०८३ असोज १९ गतेको बैठकका मुख्य निर्णयहरूः

नेपाल सरकार, मन्त्रिपरिषद्‌को २०८३ असोज १९ गतेको बैठकका मुख्य निर्णयहरूः


  • मेरोभ्यूज
  • आश्विन १९, २०८३ सोमबार

  • नेपाल सरकार, मन्त्रिपरिषद्‌को २०८३ असोज १९ गतेको बैठकका मुख्य निर्णयहरूः

     

    काठमाडौँ । नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब दस करोड नेपाली रुपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने ।

    नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (दोस्रो संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने ।

    वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गर्ने ।

    जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने ।

    सहसचिव (प्रा.) पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने ।


    प्रकाशित : सोमबार, आश्विन १९ २०८३११:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार