२०८३, कार्तिक १३ गते शुक्रबार

भाद्र शुक्ल पूर्णिमाः ईन्द्रदहमा भक्तजन

भाद्र शुक्ल पूर्णिमाः ईन्द्रदहमा भक्तजन


  • मेरोभ्यूज
  • आश्विन १०, २०८३ शनिबार

  • Indradahamela 10a .jpg

    काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरी नगरपालिका-१ मा रहेको ईन्द्रदहमा स्नान एवं पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको छ ।

    भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज ईन्द्रको पूजाआराधना गरी परम्परागतरूपमा ईन्द्रजात्रा पर्व मनाएका भक्तजन राति ईन्द्रदहमा जाग्राम बस्न जाने परम्परा छ ।

    यो परम्परा अनुसार शुक्रबार राति नै भक्तजन ईन्द्रदह पुगी दिवङ्गत आफन्तका नाममा बत्ती बालेर जाग्राम बसेका थिए ।

    शुक्रबार राति दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै ईन्द्रदह परिसरमा रहेको ईन्द्रको मन्दिर क्षेत्रमा बत्ती बालेका भक्तजनले बिहानै ईन्द्रदहमा स्नान गरी गणेश, ईन्द्रलगायत देवीदेवताको पूजाआराधना गरेको चन्द्रागिरी नगरपालिका-१ कार्यालयका सूचना अधिकारी रचना अर्यालले जानकारी दिएका थिए ।

    नगरपालिका-१ मा पर्ने यो धार्मिकस्थलमा प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन लाखौँ भक्तजन स्नान एवं पूजाआराधनाका लागि पुग्ने गरेका छन् ।

    कति भक्तजन भने भाद्र शुक्ल चतुर्दशीका दिन बेलुकी ईन्द्रदहमा गइ जाग्राम बसेर बत्ती बाल्न पुग्छन् ।

    मेलाका अवसरमा नगरपालिकाको वडा नं. १, २ र ३ का विद्यालयलगायत कार्यालयमा स्थानीय पर्व बिदा दिने गरिएकामा यस वर्ष शनिबारको सार्वजनिक बिदाकै दिनमा पर्व परेकाले बिदा दिनु नपरेको पनि उनले सुनाए ।

    दिवङ्गतहरु स्वर्ग पुग्ने भएकाले त्यहाँका राजा ईन्द्रको विशेष पूजाआराधना गरिने यो अवसरमा ईन्द्रदहमा बत्ती बाल्ने, स्नान गरी पूजाआराधना गरे शान्ति मिल्ने धार्मिक विश्वास भक्तजनमा रहिआएको छ ।

    Indradahamela 10b .jpg


    प्रकाशित : शनिबार, आश्विन १० २०८३११:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार