काठमाडौँ । एसियाली पूर्वाधार विकास बैंक (AIIB) को सञ्चालक समिति (Board of Governors)को ११औँ वार्षिक बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यू आज साँझ कतारको राजधानी दोहा प्रस्थान गरेको छ ।
अर्थमन्त्री डा. वाग्ले कतार एयरवेजको नियमित उडानमार्फत साँझ ७:०० बजे दोहा प्रस्थान गरेको हो ।
प्रतिनिधिमण्डलमा मन्त्रीसँग अर्थ मन्त्रालय, अन्तरराष्ट्रिय आर्थिकसम्बन्ध महाशाखा प्रमुख, सहसचिव अमृत लम्साल पनि छन् ।
AIIB को ११औँ वार्षिक बैठकका क्रममा अर्थमन्त्रीले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउँदै नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नविकरणीय ऊर्जा, विपद्पछिको पुन:निर्माण र आर्थिक वृद्धिका प्राथमिकताहरूमा बहुपक्षीय सहयोग तथा लगानी परिचालनबारे छलफल गर्नेछ ।
भ्रमणका क्रममा अर्थमन्त्री डा. वाग्लेको उपस्थितिमा AIIB का अध्यक्षसँगै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरुसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता हुनेछ ।
वार्षिक बैठक तथा निर्धारित द्विपक्षीय संवादहरू सम्पन्न गरी अर्थमन्त्री डा. वाग्ले नेतृत्वको प्रतिनिधिमण्डल आगामी २०८३ असोज १४ गते (३० सेप्टेम्बर २०२६, बुधबार)कतार एयरवेजको उडानमार्फत स्वदेश फिर्ता हुनेछ अर्थमन्त्रालयले जनाएको छ ।

