

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ईन्द्रजात्रा अवलोकन गरेका छन् ।
हनुमानढोका परिसर पुगेर उनले शुक्रबार अपराह्न रथ दर्शन, जात्रा अवलोकन एवं रथमा फूलमाला चढाएका थिए ।
हनुमानढोकास्थित गद्दी बैठकमा उपस्थित भएर उनले टीका ग्रहण गरेपछि गद्दी बैठकको बार्दलीबाट जात्रा अवलोकन गरेका थिए ।
हनुमानढोका परिसरबाट शुरु भएको श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा दर्शन गर्दै कार्यवाहक प्रधानमन्त्री डा. वाग्लेले रथमा फूलपाती र भेटी अर्पण गरेका थिए । सो क्रममा मन्त्रिपरिषद्का अन्य सदस्यहरूको पनि उपस्थिति थियो ।


