२०८३, कार्तिक १२ गते बिहीबार

मकवानपुरका तीन गन्तव्यमा वृक्षरोपण

मकवानपुरका तीन गन्तव्यमा वृक्षरोपण


  • मेरोभ्यूज
  • आश्विन ७, २०८३ बुधबार

  • मकवानपुरका तीन गन्तव्यमा वृक्षरोपण

     

    बागमती । साइक्लिङका माध्यमबाट स्वास्थ्य, पर्यावरण र पर्यटनमा जोड दिँदै आएको हिमालयन राइडर्स सोसाइटी हेटौँडाले मकवानपुर जिल्लाका विभिन्न तीनवटा गन्तव्यमा वृक्षरोपण गरेको छ ।

    सोसाइटीले हरेक शनिबार साइक्लिङमार्फत गन्तव्य प्रवर्द्धनसँगै पर्यावरणीय सचेतना अभिवृद्धिका लागि विभिन्न गन्तव्यहरूमा वृक्षरोपण गर्दै आएको सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिए ।

    यस हप्ता हेटौँडा उपमहानगरपालिका–१७ हर्नामाडीस्थित २००८ सालमा स्थापित बालबोध माध्यमिक विद्यालय परिसर, हेटौँडा–६ चौहडास्थित वंशगोपाल माध्यमिक विद्यालय परिसर र हेटौँडा–९ स्थित ऐतिहासिक एवम् धार्मिक गन्तव्य त्रिवेणीधाम परिसरमा तीन/तीन वटाका दरले एभोकाडोका बिरुवा लगाइएको उनले बताए ।

    पर्यावरणीय सचेतना अभिवृद्धि गर्नु पनि आफूहरूको लक्ष्य भएको उल्लेख गर्दै उनले कार्यक्रमले समुदायमा सचेतना अभिवृद्धि भइरहेको बताए ।

    वृक्षरोपण कार्यक्रमका लागि सोसाइटीका सदस्य यादव शर्मा ढकालले २५ वटा एभोकाडोका बिरुवा निःशुल्क उपलब्ध गराएको उनको भनाइ छ ।

    यस संस्करणमा सोसाइटीको संयोजनमा ३० सदस्यीय टोलीले हेटौँडाबाट मकवानपुरको बकैया गाउँपालिका–३ हात्तीसुँडेसम्म करिब ८० किलोमिटर साइकल यात्रा गरेको जानकारी दिँदै उनले कार्यक्रमले हात्तीसुँडे क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुगेको बताए ।


    प्रकाशित : बुधबार, आश्विन ७ २०८३१०:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार