२०८३, कार्तिक १२ गते बिहीबार

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री डा. वाग्लेबीच भेटवार्ता

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री डा. वाग्लेबीच भेटवार्ता


  • मेरोभ्यूज
  • आश्विन ७, २०८३ बुधबार

  • राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री डा. वाग्लेबीच भेटवार्ता

     

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच शिष्टाचार भेट भएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान उनीहरूबीच भेट भएको हो । भेटमा समसामयिक विषयमा छलफल भएको थियो ।

    प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गरेपछि उनको सिफारिसमा राष्ट्रपतिले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार अर्थमन्त्री डा.वाग्लेलाई तोकेको थियो ।

    प्रधानमन्त्रीको सिफारिसमा रक्षा र परराष्ट्रमन्त्रालयको कार्यभार पनि उनलाई  तोकिएको छ ।


    प्रकाशित : बुधबार, आश्विन ७ २०८३०९:४८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार