२०८३, कार्तिक १२ गते बिहीबार

प्रधानमन्त्री शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाई

प्रधानमन्त्री शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाई


  • मेरोभ्यूज
  • आश्विन ६, २०८३ मंगलबार

  • Finance Minister Dr Shwornim Wagle 6a .jpg

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाटै कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले बिदाई गरेको छ ।

    संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाई गरेको हो ।

    सो क्रममा यात्राका क्रममा अध्ययनका लागि कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री वाग्लेले पल केनेडीले लेखेको 'द राइज एन्ड फल अफ द ग्रेट पावर्स' पुस्तक हस्तान्तरण गरेको थियो ।

    आजै साँझ ७:०० बजेको उडानमार्फत प्रधानमन्त्री शाह अमेरिकातर्फ प्रस्थान गरेको छ ।

    उनले असोज ८ गते संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभालाई सम्बोधन गर्नेछ । प्रधानमन्त्री शाह असोज १० गते नेपाल फर्किने कार्यतालिका छ ।

    कार्यवाहक प्रधानमन्त्री, रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई

    कार्यवाहक प्रधानमन्त्री, रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हालेको छ ।

    संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गर्नुअघि उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई तोकेको हो ।

    साथै, प्रधानमन्त्रीले सम्हाल्दै आएको रक्षा मन्त्रालयको कार्यभार पनि स्वतः अर्थमन्त्रीलाई नै सरेको छ ।

    संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन सोमबार अमेरिका प्रस्थान गरेका परराष्ट्रमन्त्री शिशिर खनालको कार्यभार पनि अर्थमन्त्रीलाई नै तोकिएको छ ।

    प्रधानमन्त्री बालेन्द्र शाहले खनालको अनुपस्थितिमा सो मन्त्रालयको कार्यभार सोमबार अर्थमन्त्रीलाई नै तोकेको थियो ।

    Finance Minister Dr Shwornim Wagle 6c .jpg


    प्रकाशित : मंगलबार, आश्विन ६ २०८३०९:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार