
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको सभापतित्वमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य सातवटा निर्णयहरु तपसिल बमोजिम रहेको छ:
संयुक्त राष्ट्रसंघको ८१औं महासभामा २०८३ असोज ६ देखि १० गतेसम्म प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने ।
भारतको नयाँदिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति (आइजीएससी)को बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने ।
अनुचित लेनदेन (मिटर ब्याज) अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।
काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कूल २७ स्थानीय तहहरूका १७,४३८ गरिब घर परिवारको सूची स्वीकृत गर्ने ।
शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरि प्रसाद लम्साल, भक्तपुर र सदस्यमा रामशरण सापकोटा, मकवानपुर एवं महिला सदस्यमा विष्णु घिमिरे रिमाल, काठमाडौँलाई नियुक्ति गर्ने ।
सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।
सहसचिव उत्तरकुमार खत्रीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूर पश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।


