२०८३, कार्तिक १३ गते शुक्रबार

आधुनिक बाल उद्यान

आधुनिक बाल उद्यान


  • मेरोभ्यूज
  • भाद्र २४, २०८३ बुधबार

  • आधुनिक बाल उद्यान

     

    पर्वत । बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्याउने उद्देश्यले पर्वतमा आधुनिक बाल उद्यान निर्माण गरिएको छ ।

    दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा बालबालिकालाई लक्षित गर्दै जिल्लामै पहिलो र एकमात्र ‘पैयूँ चिल्ड्रेन पार्क’ (बाल उद्यान) निर्माण गरिएको हो ।

    गाउँपालिका, गण्डकी प्रदेश सरकार र पैयूँ गाउँपालिका–५ कार्यालयको त्रिपक्षीय लगानीमा बाल उद्यान निर्माण गरिएको हो ।

    गण्डकी प्रदेश सरकारको रु. दस लाख, स्थानीय वडा कार्यालयको रु. चार लाख र पैयूँ गाउँपालिकाको रु. एक लाख गरी रु. १५ लाख लगानीमा बाल उद्यान निर्माण भएको पैयूँ गाउँपालिका–५ का अध्यक्ष नारायण भुर्तेलले जानकारी दिए ।

    पार्क निर्माण भएपछि ग्रामीण क्षेत्रका बालबालिकाहरूलाई विभिन्न प्रकारका खेल खेल्न, घुम्न र मनोरञ्जन लिन सहज हुने वडा अध्यक्ष भुर्तेलले बताए ।

    भुर्तेलले भने, “गाउँका बच्चाहरूले पनि शहर वा विदेशका बालबालिकाजस्तै खेल्न, हाँस्न र रमाउन पाउनुपर्छ भन्ने अठोटका साथ लगानी गरी पार्क निर्माण गरिएको हो ।”

    गाउँपालिकाकै एकमात्र यस पार्कले स्थानीय मात्र नभइ वरपरका अन्य गाउँ र बजार क्षेत्रका बालबालिकालाई समेत समेट्ने र उनीहरूलाई एकै ठाउँमा जोड्ने अवसर प्रदान गर्ने विश्वास लिएको छ ।

    नवनिर्मित चिल्ड्रेन पार्कलाई चाँडै नै एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरी बालबालिकाका लागि खुला गरिने वडा कार्यालयले जनाएको छ ।

    बालबालिकाका लागि विभिन्न खेल खेल्ने र मनोरञ्जन लिने तथा अध्ययनका लागि विभिन्न उपकरण र सामग्री राखिएको छ ।

    यसैबीच पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले उक्त पार्कलाई पर्यटकीय आकर्षणका लागि अन्य भौतिक संरचना थप गर्न पालिकाले आवश्यक लगानी गर्दै जाने बताए ।


    प्रकाशित : बुधबार, भाद्र २४ २०८३१०:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार