२०८३, कार्तिक १३ गते शुक्रबार

बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल प्रभावित क्षेत्रमा

बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल प्रभावित क्षेत्रमा


  • मेरोभ्यूज
  • भाद्र २३, २०८३ मंगलबार

  • Sashmit Pokharel Minister of Education 23c .jpg.jpeg

    काठमाडौँ । शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलले बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न प्रभावित क्षेत्रमा गएको छ । मन्त्री पोखरेलसहितको टोलीले मङ्गलबार नुवाकोटका विभिन्न शैक्षिक संस्था तथा पूर्वाधारको स्थलगत अनुगमन गरेको हो ।

    भाद्र १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणका क्रममा मन्त्री पोखरेलले विद्यालय भवन, शैक्षिक पूर्वाधार तथा विद्यार्थीको शैक्षिक अवस्थाबारे जानकारी लिनुभएको छ ।

    मन्त्री पोखरेलले प्रभावित क्षेत्रमा स्थानीय तहका प्रमुख, जनप्रतिनिधि तथा सरोकारवालासँग अन्तरक्रियासमेत गरेको थियो ।

    अनुगमन टोलीमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना, स्थानीय सरकारका प्रमुख तथा अन्य जनप्रतिनिधिको सहभागिता थियो ।

    भ्रमण कार्यतालिकाअनुसार अनुगमन कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाइ, विदुरबाट शुरु भएको थियो । त्यसपछि त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको पुलवारी क्षेत्रबाट बाढी प्रभावित स्थानको अवलोकन गरिएको थियो ।

    टोलीले न्यूरेनी सुन्दरी माध्यमिक विद्यालयस्थित होल्डिङ सेन्टर तथा सामुदायिक बहुउद्देश्यीय भवन, विदुर (नुवाकोट दरबार) को समेत अवलोकन गरेको थियो ।

    कार्यतालिकाअनुसार विदुरस्थित कर्भट हल, चन्द्रज्योति माध्यमिक विद्यालय तथा अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयको भवनको समेत अनुगमन गकिएको थियो ।

    भ्रमणका क्रममा बाढीका कारण शैक्षिक संस्थाका भवन तथा अन्य पूर्वाधारमा परेको क्षति, विद्यालय सञ्चालनको अवस्था र विद्यार्थीको पठन-पाठनमा परेको प्रभावबारे स्थलगत जानकारी लिइएको थियो ।

    प्रभावित विद्यालय तथा विद्यार्थीको शैक्षिक गतिविधि सहज बनाउन आवश्यक पहल गर्ने विषयमा समेत सरोकारवालासँग छलफल गरिएको छ ।

    गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तह प्रभावित भएका थिए । सरकारले ती स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

    प्रारम्भिक विवरणअनुसार बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीबाट १६ जना शिक्षक र दुई सय १७ जना विद्यार्थी सम्पर्कविहीन रहेको तथा नौ हजार सात सय ४२ विद्यार्थीको सिकाइ प्रभावित भएको विवरणमा उल्लेख छ ।

    Sashmit Pokharel Minister of Education 23d .jpg.jpeg


    प्रकाशित : मंगलबार, भाद्र २३ २०८३१०:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार