२०८३, कार्तिक १३ गते शुक्रबार

पोखरा विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

पोखरा विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने


  • मेरोभ्यूज
  • भाद्र १९, २०८३ शुक्रबार

  • पोखरा विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

     

    पोखरा । रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा आएको भीषण बाढी तथा प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ७० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

    पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १३ गते बसेको बैठकले विश्वविद्यालयमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीबाट तहअनुसार निश्चित रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

    निर्णयअनुसार उपकुलपतिबाट एक महिनाको तलब बराबरको रकम तथा प्राध्यापक, प्रशासक, सह-प्राध्यापक, सह-प्रशासक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट मासिक शुरु तलब स्केलको १० दिन बराबरको रकम योगदान गरिनेछ ।

    त्यस्तै, उप-प्राध्यापक, उप-प्रशासक, प्रशिक्षक, सहायक प्रशासक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट ७ दिनको, उप-प्रशिक्षक, सहायक प्रशिक्षक, मुख्य सहायक, सहायक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट ५ दिनको र श्रेणीविहीन कर्मचारीबाट २ दिनको शुरु तलब बराबरको रकम कोषमा जम्मा गरिने विश्वविद्यालयले जनाएको छ ।

    विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले विश्वविद्यालयले उक्त निर्णय गरेको हो । विश्वविद्यालयबाट संकलित रकम करिब ७० लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।


    प्रकाशित : शुक्रबार, भाद्र १९ २०८३१०:४५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार