२०८३, कार्तिक १३ गते शुक्रबार

बाढीग्रस्त क्षेत्रमा खर्च गर्नेगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाइयो

बाढीग्रस्त क्षेत्रमा खर्च गर्नेगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाइयो


  • मेरोभ्यूज
  • भाद्र १८, २०८३ बिहीबार

  • बाढीग्रस्त क्षेत्रमा खर्च गर्नेगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाइयो

    Sahayog Sankalan 17j .jpg.jpeg

    काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ । मंगलबार उक्त कोष सञ्चालन समितिको बैठक बसी एक अर्ब रुपैयाँ तत्काल परिचालन गर्ने निर्णय गरिएको हो ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं कोष सञ्चालन समितिका संयोजक डा. गुणकर भट्टले आज बसेको कोषको बैठकले एक अर्ब रुपैयाँ गृह सचिवको नेतृत्वमार्फत परिचालन हुने गरी निकासा गरिएको जानकारी दिए ।

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोषमा गृह सचिवले व्यवस्थापन गर्छ । प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको नाममा एभरेस्ट बैंकको खातामा रहेको मौज्दातबाट एक अर्ब रुपैयाँ कोषमा पठाइएको हो ।

    अब उक्त रकम बाढीग्रस्त क्षेत्रमा आवश्यकता र मागका आधारमा बाढीपछिको उद्धार, राहत, तत्कालीन पूर्वाधार सुधार, अस्थायी बासस्थान निर्माण लगायतमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च गर्न सकिने छ । यसका लागि बाढीग्रस्त पालिका वा जिल्लाका विपद् व्यवस्थापन समितिले आफ्नो आवश्यकताअनुसार रकम माग गर्न सक्नेछन् । त्यसैका आधारमा गृह सचिव नेतृत्वको समितिले रकम वितरण गर्नेछ ।

     


    प्रकाशित : बिहीबार , भाद्र १८ २०८३१०:२४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार