२०८३, कार्तिक १३ गते शुक्रबार

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम शुरु

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम शुरु


  • मेरोभ्यूज
  • श्रावण २२, २०८३ शुक्रबार

  • खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम शुरु

     

    भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका काम शुरु गरिएको छ ।

    स्थानीयस्तरमा खेलकूद क्षेत्रको विकासका लागि खेलमैदानलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन लागिएको हो ।

    वडाध्यक्ष बाचकुमार राईका अनुसार चालु आर्थिक वर्षमा प्रदेश सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत करिब रु. १५ लाखको लागतमा खेलमैदान स्तरोन्नती भइरहेको हो ।

    उनले भने, “युवा पुस्तालाई खेलकूदतर्फ आकर्षित गर्दै स्थानीयस्तरमै खेल गतिविधि सञ्चालन गर्न सहज बनाउने उद्देश्यले मैदान स्तरोन्नतिको काम अघि बढाएका हौँ ।”

    वडाध्यक्ष राईले आगामी दिनमा थप बजेटको व्यवस्थापन गरी दर्शक बस्ने स्थान, घेराबार, शौचालय तथा अन्य पूर्वाधार विकासका काम क्रमशः अघि बढाइने बताए ।

    मैदानको स्तरोन्नतिपछि यहाँ फुटबल, भलिबललगायत विभिन्न खेल नियमितरूपमा सञ्चालन गर्न सहज हुनेछ ।

    खेलमैदान स्तरोन्नतिले गाउँमै खेल प्रतियोगिता आयोजना तथा त्यसमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न पनि सहयोग पुग्ने अपेक्षा रहेको स्थानीय युवा सिरोज श्रेष्ठले बताए ।


    प्रकाशित : शुक्रबार, श्रावण २२ २०८३०९:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार