२०८३, कार्तिक १३ गते शुक्रबार

चीनको सबैभन्दा ठूलो ‘नूनिलो ताल’मा जल पंक्षीको जनसंख्या वृद्धि

चीनको सबैभन्दा ठूलो ‘नूनिलो ताल’मा जल पंक्षीको जनसंख्या वृद्धि


  • मेरोभ्यूज
  • मंसिर १२, २०७८ आइतबार

  • चीनको सबैभन्दा ठूलो ‘नूनिलो ताल’मा जल पंक्षीको जनसंख्या वृद्धि

    चीन । चीनको सबैभन्दा ठूलो ‘नूनपानी ताल’ (किङ्हाई ताल) मा झण्डै एक लाख ९० हजार जलपंक्षी देखिएका छन् । यो वर्षमा जलमा बस्ने चराहरूको सङ्ख्यामा ३६.५ प्रतिशतले वृद्धि भएको राष्ट्रिय प्रकृति आरक्षले गरेको हिउँदे गणनाले देखाएको हो ।

    आरक्षले २४ नोभेम्बरदेखि तालको हिउँदे गस्ती गर्दै जलचरहरूको लेखाजोखा राख्ने गर्छ । यस अवधिमा आरक्षमा निगरानी गरिएका ३० प्रकारका चराहरूमध्ये चीनमा दोस्रो श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत पाइने जंगली प्रजातिका लगभग ५६० हाँस (हुपर स्वान) हरू हिउँदको लागि तालको भ्रमण गरेका छन् ।

    आरक्षको प्रशासन विभागका अनुसार गत वर्षको सोही अवधिमा रेकर्ड गरिएको संख्याभन्दा हेपर स्वानको सङ्ख्या पनि २३० भन्दा बढीले बढेको छ । चीनको उत्तरपश्चिमी किङहाई प्रान्तमा अवस्थित यो ताल मध्य एसियाबाट भारत र पूर्वी एसियादेखि अस्ट्रेलियासम्म बसाइँ सर्ने चराहरूका लागि प्रमुख पारगमन बिन्दु हो ।

    यो किङ्गहाई–तिब्बत पठारमा जलपक्षीको लागि हिउँदको महत्पूर्ण घर पनि हो । हरेक वर्ष, हुपर स्वानहरू आफ्नो प्रजनन स्थल छोडेर हिउँदको लागि सेप्टेम्बर महिनाको मध्यदेखि सेप्टेम्बर महिनाको अन्तसम्म किङ्घाई तालमा उड्छन् । मार्च महिनाको अन्ततिर वा अर्को वर्षको अप्रिलमहिनाको सुरुतिर ताल नफुटेसम्म तिनीहरू ताल छोड्दैनन् ।


    प्रकाशित : आइतबार, मंसिर १२ २०७८०३:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार