२०८३, कार्तिक १२ गते बिहीबार

रानीवासमा महिला सामुदायिक भवन निर्माण

रानीवासमा महिला सामुदायिक भवन निर्माण


  • मेरोभ्यूज
  • जेठ ९, २०८३ शनिबार

  • रानीवासमा महिला सामुदायिक भवन निर्माण

     

    भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीवासमा महिला सामुदायिक भवन निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई विभिन्न सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज भएको छ ।

    विशेषगरी महिलाका लागि लक्षित गरी निर्माण गरिएको उक्त भवनले गाउँस्तरमा हुने नियमित भेला, छलफल तथा कार्यक्रमलाई व्यवस्थित बनाएको छ ।

    रानीवासका महिलाले हरेक महिना टोल तथा महिला समूहको बैठक सञ्चालन गर्दै आएका छन् ।

    उपयुक्त स्थानको अभावका कारण कहिले खुला स्थानमा त कहिले निजी घरमा भेला बस्नुपर्ने बाध्यता रहेको अहिले सहजता भएको स्थानीयसी रामप्रसाद सुवेदीले जानकारी दिए । यहाँ भवन निर्माण गर्नका लागि करिब रु. सात लाख बजेट खर्च भएको उनको भनाइ छ ।

    भवन नहुँदा वर्षायाम तथा प्रतिकूल मौसममा भेला तथा छलफल सञ्चालन गर्न झन् कठिन हुने गरेको थियो । तर अहिले सामुदायिक भवन निर्माण भएसँगै अब उनीहरूलाई नियमित बैठक, सिपमूलक तालिम, सचेतनामूलक कार्यक्रम, बचत तथा ऋण समूहका गतिविधि सञ्चालन गर्न सहज भएको छ ।

    यसले महिलाको सहभागिता वृद्धि हुनुका साथै उनीहरूको क्षमता विकास र नेतृत्व विकासमा सकारात्मक प्रभाव पारेको वडाध्यक्ष कुमार विष्टले बताए ।

    यहाँ सामुदायिक भवन निर्माणका लागि वडाले आवश्यक सहयोग गरेको उनको भनाइ छ ।

    सामुदायिक भवन स्थानीय तहको सहयोग तथा समुदायको सक्रिय सहभागितामा निर्माण सम्पन्न गरिएको हो । स्थानीय अगुवाहरूका अनुसार भवन निर्माणले महिला सशक्तीकरणमा महत्त्वपूर्ण टेवा पुर्याउनेछ । अब महिलाहरूले आफ्ना समस्या, योजना र अवसरबारे खुला रूपमा छलफल गर्न पाउने वातावरण सिर्जना भएको छ ।

    साथै, गाउँमा सञ्चालन हुने अन्य सामाजिक, सांस्कृतिक तथा शैक्षिक कार्यक्रमका लागि यो भवन उपयोगी बनेको छ ।

    दिर्घकालीन रूपमा यस भवनले गाउँको सामाजिक एकता मजबुत बनाउने र स्थानीय तहका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न महत्त्वपूर्ण आधार तयार गर्ने स्थानीयको भनाइ छ ।


    प्रकाशित : शनिबार, जेठ ९ २०८३०९:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार