काठमाडाैं । काठमाडाैं उपत्यकामा कोरोना संक्रमण अनियन्त्रित रूपमा देखिन थालेपछि सरकारले आज रातिदेखि जाेरविजाेर प्रणाली लागू गर्ने भएकाे छ । काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी सधानको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने प्रशासन कार्यालयद्वारा जारी आदेशमा उल्लेख छ । यसैगरी जिल्ला भित्रका सबै सावैजनिक र सरकारी निकायमा आलोपालेमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिइन् ।

