२०८३, कार्तिक १३ गते शुक्रबार

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा


  • मेरोभ्यूज
  • चैत्र २, २०८२ सोमबार

  • भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

     

    पर्वत । भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

    मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

    पुलको दुवैतर्फको पिल्लर, स्लाब ढलानलगायत सबै काम पूरा भएको छ । आगमी एक महिनामा सम्पूर्ण काम पूरा हुने पोखरास्थित सडक डिभिजन कार्यालयका इन्जिनियर ध्रुव पोखरेलले बताए । पुल निर्माणका लागि रु. छ करोड १३ लाखमा ठेक्का सम्झौता भएको थियो ।


    प्रकाशित : सोमबार, चैत्र २ २०८२०८:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार