२०८३, कार्तिक १२ गते बिहीबार

बजारमा पानीको सङ्कट अन्त्य

बजारमा पानीको सङ्कट अन्त्य


  • मेरोभ्यूज
  • फाल्गुण २८, २०८२ बिहीबार

  • बजारमा पानीको सङ्कट अन्त्य

     

    भोजपुर । भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीनरुपमा रहेको पानीको समस्या समाधान भएको छ ।

    आयोजनामार्फत भोजपुर बजार क्षेत्रसहित छवटा वडाका दुई हजार छ सय ५० घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिले जनाएको छ ।

    समितिका कार्यालय प्रमुख कृष्णसागर तामाङका अनुसार आयोजना सञ्चालनपछि बजार तथा आसपासका वडामा देखिँदै आएको चरम खानेपानी समस्या हटेको छ ।

    भुल्के मुहान, डढुवा मुहान, जोरसाघु मुहान, तीनधारे मुहान र तीन भङगाले गरी पाँचवटा मुहानबाट पानी सङ्कलन गरी स्थानीय नागरिकको घर-घरमा वितरण गरिएको समितिका अध्यक्ष तुफान किरातले जानकारी दिए ।

    स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले आयोजनाअन्तर्गत दुईवटा पानी प्रशोधन केन्द्रसमेत सञ्चालनमा ल्याएको छ ।

    “स्थानीय नागरिकलाई सहजरूपमा खानेपानीको व्यवस्था गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ,” अध्यक्ष किरातले भने, “आयोजना सञ्चालनमा आएपछि बजार क्षेत्रसँगै आसपासका वडाका नागरिकको पानीको समस्या हटेको छ ।”

    आयोजनामार्फत पानी वितरणका लागि दस हजार ९५ लिटर क्षमताका ११ वटा ट्याङ्की निर्माण गरी पानी वितरण भइरहेको छ ।

    यस आयोजनाबाट भोजपुर नगरपालिका–५, ६, ७, ८, ९ र १२ का नागरिकले खानेपानी उपभोग गर्दै आएका छन् ।

    विगतमा गम्भीर पानी अभाव झेल्दै आएका स्थानीयले नागरिक शहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत करिब रु. ५० करोडको लागतमा वि.सं. २०७८ चैतमा योजना सम्पन्न भएपछि सहजता पाएका हुन् । स्थानीय नागरिकले आयोजना सञ्चालनसँगै दैनिक जीवन सहज बनेको प्रतिक्रिया दिएका छन् ।


    प्रकाशित : बिहीबार , फाल्गुण २८ २०८२०९:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार