२०८३, कार्तिक १३ गते शुक्रबार

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै


  • मेरोभ्यूज
  • फाल्गुण २८, २०८२ बिहीबार

  • चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

     

    कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी भगवान् शिवको विशाल मूर्ति निर्माणमा जुटेका छन् ।

    स्थानीय शिव गौरी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले ३३ फिट अग्लो शिवको मूर्ति निर्माण कार्य अगाडि बढाइएको हो ।

    मूर्ति निर्माण समितिका सचिव जनक साउदले स्वदेश तथा विदेशमा रहेका स्थानीय बासिन्दाबाट चन्दा सहयोग जुटाएर काम भइरहेको बताए ।

    मूर्तिकारसँग रु. दुई लाखमा ठेक्का सम्झौता गरी शुरु भएको काम हालसम्म ६० प्रतिशत सम्पन्न भइसकेको उनले जानकारी दिए ।

    मूर्तिकार प्रेम टमटाले मूर्ति निर्माणको काम धमाधम भइरहेको बताए । अबको एक महिनाभित्रै मूर्तिको सम्पूर्ण काम सक्ने योजना रहेको जानकारी दिए ।

    समितिका अध्यक्ष खडकबहादुर साउदले मूर्तिको कुल लागत करिब रु. पाँच लाख पुग्ने अनुमान गरिएको र सोहीअनुसार सहयोगका लागि आह्वान गरिएको जानकारी दिए ।

    निर्माण समितिले रु. पाँच हजारभन्दा बढी चन्दा दिने दाताहरूको नाम शिलालेखमा लेख्ने निर्णयसमेत गरेको उनले सुनाए ।


    प्रकाशित : बिहीबार , फाल्गुण २८ २०८२०९:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार