२०८३, कार्तिक १३ गते शुक्रबार

निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा

निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा


  • मेरोभ्यूज
  • कार्तिक २६, २०८२ बुधबार

  • निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा

     

    कञ्चनपुर । यहाँको दोदा नदीमा निर्माणाधीन पुलका काम ९० प्रतिशत कार्य पूरा भएको छ ।

    सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको काम भइरहेको छ ।

    हालसम्म पुलको ‘सुपरस्ट्रक्चर’को कार्य पूरा भएको र अब पुलको दुवै छेउतर्फ पर्खाल निर्माण र माटो भरानको काम भइरहेको उनले जानकारी दिए ।

    पुल निर्माणको कुल लागत अनुमान रु. २४ करोड ७३ लाख ८० हजार रहेकोमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीसँग रू. २४ करोड तीन लाख ९२ हजारमा ठेक्का सम्झौता भएको छ ।

    वि.सं. २०७२ पुस २६ गते तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि व्यवसायीको ढिलासुस्तीका कारण समयमै सम्पन्न हुन सकेको छैन ।

    पुस मसान्तमा काम सम्पन्न गर्ने गरी म्याद थपिएको र चालु आर्थिक वर्षमा पुल निर्माणका लागि रु. ४० लाख मात्रै विनियोजन भएकोले समस्या हुने हो कि भन्ने चिन्ता रहेको जोशीले सुनाए । पुलको काम सम्पन्न गर्न अझै रु. चार करोड आवश्यक पर्ने उनले बताए ।

    यहाँ पुल नहुँदा स्थानीयले जोखिम मोलेर नदी वारपार गर्दै आएका छन् । पुल निर्माण भए लाझाडी, शुक्लाफाँटा र कृष्णपुरका बासिन्दाको आवागमनमा सहज हुने स्थानीय बच्चन रानाले बताए ।


    प्रकाशित : बुधबार, कार्तिक २६ २०८२०९:२१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार