२०८३, कार्तिक १३ गते शुक्रबार

मितेरी पुलको पुनःनिर्माण

मितेरी पुलको पुनःनिर्माण


  • मेरोभ्यूज
  • कार्तिक २५, २०८२ मंगलबार

  • मितेरी पुलको पुनःनिर्माण

     

    रसुवा । नेपाल–चीनबीच ल्हेन्देखोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।

    चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माणाधीन ‘बेलिब्रिज’का लागि आवश्यक पार्टपुर्जा जडान तथा पिलरसमेत ठड्याउने काम भइसकेको जनाइएको छ ।

    सो स्थानमा रहेको पक्की मोटोरेबल पुल गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बगाएपछि चीन सरकारले पुल निर्माणको पुनःनिर्माण सहयोग गरेको हो ।

    वारीपारीको भाग जडान पूरा हुँदै जाँदा सो बेलिब्रिजको बीच भाग लच्किएपछि यसलाई बलियो बनाउन चिनियाँ प्राविधिकले पुलको आधा भागमा पर्ने गरी खोलाको माझमा थप पिलर उठाउन थालिसकेको बताइएको छ ।

    प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले कामको तीव्र हेर्दा मितेरीपुल छिटै सञ्चालनमा आउनसक्ने आफ्नो स्थलगत निरीक्षणले आँकलन गरेको बताए ।

    उनले यस सम्बन्धमा सीमाक्षेत्रका समकक्षी चिनियाँ मित्रहरूले सञ्चालनको आधिकारिक जानकारी नदिएको बताए ।

    बेलिब्रिजका बीचमा ‘पिलर’ राखी थप बलियो बनाउने काम अगाडि बढेको देखेपछि व्यापार व्यवसाय सहज हुनेमा आफूहरू आशावादी रहेको व्यवसायीहरूले बताएका छन् ।

    पुल निर्माण हुँनासाथ माल सामग्री आयात हुने भएका कारण आयातित सामग्रीको छिटोछरितो भन्सार प्रक्रिया पूरा गराउन आफ्ना कर्मचारी तयारी रहेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।


    प्रकाशित : मंगलबार, कार्तिक २५ २०८२०३:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार