२०८३, कार्तिक १२ गते बिहीबार

खोङटाङ–खावा भञ्याङ सडक स्तरोन्नती

खोङटाङ–खावा भञ्याङ सडक स्तरोन्नती


  • मेरोभ्यूज
  • कार्तिक २०, २०८२ बिहीबार

  • खोङटाङ–खावा भञ्याङ सडक स्तरोन्नती

     

    भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिकाको खोङटाङ–हुँगे–चोलन्ती हुँदै खावा भञ्याङ जोड्ने ग्रामीण सडक स्तरोन्नती गरिएको छ ।

    पहिले सवारीसाधन गुडाउन मुस्किल हुने उक्त सडक हाल ‘ग्राभेल’ भइ नाली र पर्खाल निर्माण भएसँगै सर्वसाधारणका लागि आवत-जावत गर्न सहज बनेको छ ।

    वर्षायाममा हिलो र हिउँदमा धुलो हुने यो सडक सुधार भएपछि गाउँलेको दैनिकी, आर्थिक गतिविधि र सेवा सुविधा पहुँचमा सहज भएको हो ।

    सडक सुधारसँगै किसानहरूको उत्पादन बजारसम्म पुर्याउन, विद्यार्थीहरूलाई विद्यालय पुग्न र बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म जान सजिलो भएको छ ।

    खोङटाङदेखि खावा भञ्याङसम्म करिब नौ किलोमिटर सडक तीन करोड ५० लाख रुपैयाँमा स्तरोन्नती गरिएको हो ।

    गाउँपालिकाको पहलमा सङ्घीय सरकारको बजेटमा स्तरोन्नती गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

    यो सडक पश्चिमी गाउँपालिकाका बासिन्दालाई भोजपुर सदरमुकामसम्म जोड्ने प्रमुख मार्ग हो । सडक स्तरोन्नतिपछि स्थानीयवासीको दैनिकीमै परिवर्तन आएको स्थानीय रमेश विष्टले बताए ।

    “पहिले बिरामी, असक्त र ज्येष्ठ नागरिकलाई हिँड्नसमेत गाह्रो पर्थ्यो”, उनले भने, “अहिले गाडी सजिलै गुड्ने भएकोले ठूलो राहत भएको छ ।”


    प्रकाशित : बिहीबार , कार्तिक २० २०८२०८:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार