२०८३, कार्तिक १२ गते बिहीबार

सानोदुम्माका ९० प्रतिशत नागरिक विद्युतको पहुँचमा

सानोदुम्माका ९० प्रतिशत नागरिक विद्युतको पहुँचमा


  • मेरोभ्यूज
  • कार्तिक १६, २०८२ आइतबार

  • सानोदुम्माका ९० प्रतिशत नागरिक विद्युतको पहुँचमा

     

    भोजपुर । पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका करिब ९० प्रतिशत नागरिक अहिले केन्द्रीय विद्युतको पहुँचमा पुगेका छन् ।

    भौगोलिकरूपमा विकट मानिने यस वडामा स्थानीय तहको पहलमा घर-घरमा बत्ती बलेको हो ।

    वडाध्यक्ष बोमप्रसाद राईका अनुसार विद्युत् विस्तारको शून्य अवस्थाबाट शुरु गरिएको अभियान अहिले अन्तिम चरणमा पुगेको छ ।

    “दुई बस्तीका ११ घरमा मात्र बत्ती पुग्न बाँकी छ । ती घरमा पनि चाँडै जडान गरिने तयारी भइरहेको छ”, उनले भने ।

    केही दुर्गम बस्तीमा पोल र तारको अभावमा विद्युत् विस्तारमा ढिलाइ भएको वडाध्यक्ष राईको भनाइ छ । बाँकी रहेका घरमा पनि विद्युत् विस्तार गरी वडालाई ‘पूर्ण उज्यालो वडा’ घोषणा गर्ने लक्ष्य राखिएको छ ।

    विद्युत् विस्तारसँगै वर्षौँदेखि टुकी र सोलारमा निर्भर रहँदै आएका स्थानीयले सहजता अनुभव गरेका छन् ।

    “अब अँध्यारो हटेको छ”, स्थानीय हर्कराज राईले भने, “गाउँमै टेलिभिजन, इन्टरनेट चलाउन सकेका छौँ ।” अब सूचना तथा सञ्चारको पहुँच विस्तारसँगै गाउँलेले देश-विदेशको खबर र सूचना सजिलै थाहा पाउने उनको भनाइ छ ।


    प्रकाशित : आइतबार, कार्तिक १६ २०८२०९:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार