२०८३, कार्तिक १२ गते बिहीबार

काेराेना भाइरस
छ हजार ७३४ सङ्क्रमित थपिए

छ हजार ७३४ सङ्क्रमित थपिए

काठमाडाैं उपत्यकामा १९ हजार सक्रिय संक्रमित


  • मेरोभ्यूज
  • माघ ३, २०७८ सोमबार

  • छ हजार ७३४ सङ्क्रमित थपिए

    काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप छ हजार ७३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनाको नमूना परीक्षण गरिएको थियो । १४ हजार १४ जनाले पीसीआर र तीन हजार ४५१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    गत २४ घण्टामा ५४७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख १६ हजार ९८५ पुगेको छ । यो दर ९५ दशमलव एक प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ५९ हजार ४८५ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख दुई हजार ४५५ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

    पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५० लाख १८ हजार २४८ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ९१ हजार ४६ पुगेको छ । कूलमा सङ्क्रमण दर १७ दशमलव एक प्रतिशत छ । कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा एक लाख ४३ हजार ३६० रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ८७७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । प्रतिशत १० लाख जनसङ्ख्यामा मृत्युदर ३८२ दशमलव छ रहेको छ ।

    हाल भेन्टेलेटरमा रहनेको सङ्ख्या जम्मा २६ र आइसियूमा १३९ रहेको छ । होम आइसोलेशनमा २९ हजार ७०५, संस्थागत आइसोलेशनमा एक हजार १७२ र क्वारेन्टिनमा १०० जना रहेका छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवान, कास्की, रुपन्देही र कैलाली रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा झापा, धनुषा, पर्सा, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, बाँके र दाङ छन् ।

    शून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १३ हजार ९८६, ललितपुर तीन हजार ५५५ र भक्तपुरमा एक हजार ८४६ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


    प्रकाशित : सोमबार, माघ ३ २०७८०८:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार