२०८३, कार्तिक १२ गते बिहीबार

किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु


  • मेरोभ्यूज
  • आश्विन २५, २०८२ शनिबार

  • किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

     

    भोजपुर । यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ ।

    विगतमा घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुने आलुले पछिल्लो समय सडक पहुँचका कारण निर्यात हुन थालेको छ ।

    व्यापारीहरुले आलु खरिद गर्न गाडी नै लिएर किसानका घरसम्म पुग्ने गरेका छन् । गाउँघरमा सडकको पहुँच विस्तारसँगै अर्ग्यानिक आलु किसानको भरपर्दो आम्दानीको स्रोत बनेको टेम्केमैयुङ–५ मझौलेका स्थानीय कृषक शिवकुमार विष्टले बताए ।

    “विगतमा यहाँ उत्पादन हुने अर्ग्यानिक आलु अन्य शहरमा पठाउन समस्या थियो, आलुसँग धान साट्नुपर्ने अवस्था थियो, तर अहिले सडकको पहुँचसँगै घरबाटै आलु बिक्री हुन थालेको छ ।”

    यस वर्ष गाउँघरबाट प्रतिकेजी रु. ४० देखि ४५ सम्म बिक्री हुँदै आएको किसानहरुको भनाइ छ । लेकाली भेगमा उत्पादन भएको अर्ग्यानिक आलुको बजारमा राम्रो माग रहेको स्थानीय कृषक रामबहादुर विष्टले जानकारी दिए ।

    “मझौले र चोलन्ती गाउँमा अर्ग्यानिक आलु उत्पादन हुन्छ”, उनले भने, “गाउँका सबैले आलुखेती गरिरहेका छौँ । उत्पादन भएको आलु घरबाट बिक्री हुन्छ । हाम्रो क्षेत्रको आलु अर्ग्यानिक रहेकोले बजारमा राम्रो माग छ ।”

    मझौले गाउँका एक किसानले सात सय केजीदेखि सात हजार केजीसम्म आलु उत्पादन गर्दै आएका छन् ।

    यहाँका ८५ बढी घरपरिवारले व्यावसायिकरुपमा आलुखेती गर्दै आएको उनको भनाइ छ ।

    यो क्षेत्रमा बढी मात्रामा भोटाङ्गे पङ्खदले, धराने, सैलुङगेलगायत जातका आलु उत्पादन हुने गरेको छ ।

    कृषि ज्ञान केन्द्रका अनुसार भोजपुर जिल्लामा हिउँदे र बर्खे गरी गत वर्ष ५१ हजार नौ सय मेट्रिक टन आलु उत्पादन भएको थियो । यहाँ तीन हजार दुई सय ७२ हेक्टर क्षेत्रमा आलुखेती हुने गरेको छ ।

    -----


    प्रकाशित : शनिबार, आश्विन २५ २०८२०८:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार