२०८३, कार्तिक १२ गते बिहीबार

लोघेकरका किसानलाई अनुदानमा हातेट्याक्टर

लोघेकरका किसानलाई अनुदानमा हातेट्याक्टर


  • मेरोभ्यूज
  • आश्विन १६, २०८२ बिहीबार

  • लोघेकरका किसानलाई अनुदानमा हातेट्याक्टर

     

    मुस्ताङ । यहाँको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले किसानलाई अनुदान सहुलियतमा हातेट्याक्टर (पावर टिलर) वितरण गरेको छ ।

    गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत ‘कृषि यान्त्रिकीकरण’ कार्यक्रमअनुसार माग सिफारिसका आधारमा पाँचैवटा वडाका किसानलाई सोमबार पहिलो चरणमा अनुदान सहुलियतको हातेट्याक्टर वितरण गरेको हो ।

    हातेट्याक्टर अनुदान दिन २५ लाख रुपैयाँ गाउँपालिकाले विनियोजन गरेको कृषि शाखा प्रमुख दिपक खड्काले जानकारी दिए ।

    प्रमुख खड्काकाअनुसार गाउँपालिकाको अनुदान ४५ प्रतिशत र लाभग्राही किसानको ५५ प्रतिशत लागत साझेदारी रहनेगरी प्रति हातेट्याक्टर ५६ हजार पाच सय बराबरको एक सय थान हातेट्याक्टर वितरण गरिने छ ।

    पहिलो चरणमा वडा नं. १ को चराङ र मराङमा ३५ थान र वडा नं. ४ को ढिर सुर्खाङ गाउँमा दस थान हातेट्याक्टर वितरण गरिएको शाखा प्रमुख खड्काले जानकारी दिए ।

    गाउँपालिकाले दोस्रो चरणमा यहाँको वडा नं. २, ३ र ५ का किसानलाई बाँकी ५५ थान ट्याक्टर वितरण गर्ने वडा नं. १ का वडाध्यक्ष टैढिन्डुक ठकुरीले जानकारी दिए ।

    परम्परागतरूपमा गोरु, झोपाको सहयोगमा खेत जोत्ने परम्परा रहे पनि पछिल्लो समय जनशक्तिको अभाव, युवा पलायन, परम्परागत शैलीबाट खेत जोत्न झन्झतिलो, लागत र समय बढी लाग्ने भएकोले कृषकलाई यान्त्रिकीकरणतर्फ आकर्षित गरिएको जनाएको छ ।


    प्रकाशित : बिहीबार , आश्विन १६ २०८२०९:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार