काठमाडाैं । आजदेखि अग्रपंक्तिमा खटिनेलाई काेराेना भाइरसविरूद्धकाे बुस्टर डाेज खाेप दिइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखी अग्रपंक्तिमा खटिनेहरुलाई आजदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन निर्देशन दिएकाे छ ।
पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको छ, बुस्टरमा पनि त्यही खोप दिइने मन्त्रालयले जनाएको छ । पूर्णमात्रा खोप लगाएको ६ महिना पूरा भइसकेकाले मात्र बुस्टर डोज पाउनेछन् ।

