काठमाडौं । मङ्गला गौरी बचत तथा ऋण सहकारी सस्था लि. नयाँबानेश्वर, काठमाडौंको १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
हालै पुरानो बानेश्वर, काठमाडौंमा सस्थाका अध्यक्ष सुरेशकुमार रेग्मीको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष रेग्मीद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
साधारणसभाले लेखा समितिको प्रतिबेदन, लेखा परिक्षण प्रतिबेदन, लाभांश वितरणसम्बन्ध पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन ।
साधारणसभामा प्रस्तुत चालु आ.व.को वासलात हिसाब अनुसार सस्थाको शेयर पूँजी १ करोड ७८ लाख ६१ हजार २०० रुपैयाँको हुँदा बचत हिसाब २४ करोड ९५ लाख ३६ हजार ६२६ रुपैयाँको भएको छ ।
कर्जा सापटी १४ करोड ५४ लाख ९६ हजार ८३८ रुपैयाँ भइ जगेडा कोष ४ करोड ४३ लाख ७ हजार ६३८ रहन गएको छ भने विविध कारोबार गरी चालू आ.व.मा ३१ करोड ८२ लाख ७५ हजार ८८६ रुपैयाँको कुल कारोबार गर्न सस्था सफल भएको छ ।
साथै शेयर पूँजीतर्फ ९९.२३% निक्षेपतर्फ १००.०१% र लगानीतर्फ ६९.७०% प्रगति भएको सस्थाले जनाएको छ । यसैगरी विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

