
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
हालै महाराजगन्ज काठमाडौंमा कम्पनीका अध्यक्ष नारायण दत्त तिमल्सिनाको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष तिमल्सिना द्वारा प्रस्तुत आव २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
साधारणसभाले लेखापरीक्षकको प्रतिबेदन, आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध पारित गरेको छ भने विभिन्न विशेष प्रस्तावहरुसमेत साधारणसभामा पारित भएका छ्न ।
साधारणसभामा प्रस्तुत भएको प्रतिबेदन अनुसार कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी रु. ८०,००,००,०००।०० (८० करोड) रहेको छ भने सस्थापक शेयरधनीका लागि ६५ प्रतिशत अर्थात रु. ५२,००,००,०००।०० (५२ करोड ) र सर्वसाधारणको लागि ३५ प्रतिशत अर्थात रु. २८,००,००,०००।०० (२८ करोड ) जारी गरिएको कम्पनीले जनाएको छ ।
चालू आ.व.मा कम्पनीले रु. १२,०३,६८,३४९।०० को विद्युत विक्री गर्न सफल भएको साधारणसभामा अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।
दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका स्थित घट्टेखोलामा ५ मे.वा. क्षमताको जलविद्युत आयोजना रहेको सो कम्पनीको केन्द्रीय कार्यालय भने अनामनगर काठमाडौंमा रहेको छ । साधारणसभामा शेयरधनीहरुबाट उठेका जिज्ञासाको जवाफ अध्यक्ष तिमल्सिना तथा अन्य पदाधिकारीले दिएका थिए ।


