२०८३, कार्तिक १३ गते शुक्रबार

झोलुङ्गे पुल बनेपछि मोहना नदि वारपार गर्न सहज

झोलुङ्गे पुल बनेपछि मोहना नदि वारपार गर्न सहज


  • मेरोभ्यूज
  • भाद्र १७, २०८२ मंगलबार

  • झोलुङ्गे पुल बनेपछि मोहना नदि वारपार गर्न सहज

     

    कैलाली । यहाँको कैलारी गाउँपालिका–४ भितरीया र वडा नं. ३ मोहनपुरको सिमानास्थित मोहना नदिमा पुल नहुँदा स्थानीयलाई वारपार गर्न समस्या थियो ।

    स्थानीयले काठको नाउँ प्रयोग गर्दै आएका थिए । वर्षायाममा नदिमा पानीको प्रवाह बढेपछि गाउँलेहरुले झनै समस्या भोग्थे । सो स्थानमा झोलुङ्गे पुल निर्माण भएपछि वर्षौँदेखिको समस्या समाधान भएको छ ।

    “पुल नहुँदा काठे नाउँको भरमा वारपार गर्नुपर्ने बाध्यता थियो, वर्षायाममा झनै जोखिम हुन्थ्यो,” स्थानीय कृष्णकुमार चौधरीले भए, “पुल निर्माणपश्चात् यहाँका नागरिकलाई राहत मिलेको छ ।” स्थानीयका अनुसार वडा नं. ३ को मोहनपुरमा झण्डै ९६ घर छन् ।

    पुल नहुँदा सबैभन्दा बढी समस्या विद्यालय जाने बालबालिकालाई हुने गरेको थियो । स्थानीयवासी साँझ, बिहान बजारबाट सामान लिन जाँदासमेत नदि वारपार गर्न नाउ प्रयोग गर्नुपर्थ्यो । हालैमात्र पुल सञ्चालनपश्चात् सहजै आवत-जावत गर्न सकिएको छ ।

    सङ्घीय सरकारको शहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागअन्तर्गत ‘सस्पेन्सन ब्रिज डिभिजन’को रु. तीन करोड ४३ लाखमा उक्त झोलुङ्गे पुल निर्माण गरिएको हो ।


    प्रकाशित : मंगलबार, भाद्र १७ २०८२१०:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार