२०८३, कार्तिक १३ गते शुक्रबार

मनास्लु पदमार्गको ५३ स्थानमा ‘मार्किङ पोल’ तथा ‘साइनपोष्ट’

मनास्लु पदमार्गको ५३ स्थानमा ‘मार्किङ पोल’ तथा ‘साइनपोष्ट’


  • मेरोभ्यूज
  • भाद्र १७, २०८२ मंगलबार

  • मनास्लु पदमार्गको ५३ स्थानमा ‘मार्किङ पोल’ तथा ‘साइनपोष्ट’

     

    गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई पदमार्गको पहिचान र पदयात्रामा सहजताका लागि ठाउँ-ठाउँमा ‘मार्किङ पोल’ तथा ‘साइनपोष्ट’ थप गरिएको छ ।

    मनास्लु सरंक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)ले आर्थिक वर्ष २०८१/८२ मा पदमार्गको विभिन्न ५३ ठाउँमा मार्किङ पोल र साइनपोष्ट थप गरेको आयोजना कार्यालयका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

    उनका अनुसार कार्यालयले पदमार्गको ३५ स्थानमा पर्यटकलाई पदमार्गको जानकारी दिन साइनपोष्ट थप गरेको छ भने पदमार्गको १६ ठाउँमा मार्किङ पोल थप गरिएको हो ।

    पदमार्गअन्तर्गत नुब्री भ्यालीतर्फ लार्के बजारदेखि भिमथाङसम्म विभिन्न ठाउँमा मार्किङ पोल थपिएको छ ।

    लार्के बजारदेखि भीमथाङसम्म अब कूल एक सय २४ मार्किङ पोल पुगेका छन् । यसअघि एक सय आठ मार्किङ पोल मात्र रहेको थियो ।

    त्यस्तै, पदमार्गमा पर्ने चुमभ्यालीतर्फ (गणेश हिमालतर्फ जाने पदमार्गसहित १९, नुब्री भ्यालीतर्फ १४ र सिर्दीबासमा दुई स्थानमा साइनपोष्ट थप गरिएको उनले जानकारी दिए ।

    प्रमुख शेरचनले भने, “साइनपोष्टबाट मनास्लु संरक्षण क्षेत्रमा घुम्न पुग्ने पर्यटकलाई आफूकहाँ पुगेँ, आफू पुगेको ठाउँको उचाइ, त्यसपछिको गन्तव्यमा पुग्न लाग्ने सम्भावित समय र त्यहाँको जङ्गली जनावरका बारेमा पनि थाहा पाउन सजिलो हुन्छ ।”

    त्यस्तै, पदमार्गमा राखिएको मार्किङ पोलबाट हिउँ परेका बेला पदमार्ग हिउँले पुरिएर हराउने हुँदा पर्यटकलाई पदमार्ग पहिचानका लागि सहज हुने प्रमुख शेरचनले बताए ।

    चालु आ.व. २०८२/८३ मा विभिन्न २५ स्थानमा मार्किङ पोल र ३५ स्थानमा साइनपोष्ट राख्ने योजना रहेको एमक्यापले जनाएको छ ।


    प्रकाशित : मंगलबार, भाद्र १७ २०८२०९:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार