२०८३, कार्तिक १३ गते शुक्रबार

केएमसी मेडिकल कलेजका संचालक सुनिल शर्मामाथि सिंहदरबारमै विद्यार्थीले दले कालोमोसो

केएमसी मेडिकल कलेजका संचालक सुनिल शर्मामाथि सिंहदरबारमै विद्यार्थीले दले कालोमोसो


  • मेरोभ्यूज
  • पौष ३०, २०७८ शुक्रबार

  • केएमसी मेडिकल कलेजका संचालक सुनिल शर्मामाथि सिंहदरबारमै विद्यार्थीले दले कालोमोसो

    काठमाडाैं । सिनामंगलको केएमसी मेडिकल कलेजका मालिक सुनिल शर्मामाथि सिंहदरबारमै कालोमोसो दलिएको छ ।

    नेकपा(एकिकृत समाजवादी) निकट अनेरास्ववियूका उपमहासचिव महेश श्रेष्ठ नेतृत्वको टोलीले शर्मालाई कालोमोसो दलेको हो । शिक्षा मन्त्रालयमा सर्वपक्षिय बैठक सकेर निस्कने क्रममा शर्मामाथि मन्त्रालयको मुल गेटमै कालोमोसो दलिएको हो ।

    अनेरास्ववियूका उप महासचिव श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुन लगायतले मन्त्रालयको गेटमै शर्मामाथि कालोमोसो दलेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । ग्लोबल र केएमसीसहित आधा दर्जनभन्दा बढी मेडिकल कजेजहरुमा शर्माको लगानी रहेको छ । उनले सञ्चालन गरेका सबै जसो मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग अतिरिक्त शुल्क लिँदै आएको छ ।


    प्रकाशित : शुक्रबार, पौष ३० २०७८०८:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार