२०८३, कार्तिक १३ गते शुक्रबार

कैलालीमा नक्षत्र वाटिका

कैलालीमा नक्षत्र वाटिका


  • मेरोभ्यूज
  • श्रावण २६, २०८२ सोमबार

  • कैलालीमा नक्षत्र वाटिका

     

    कैलाली । कैलालीमा नक्षत्र वाटिका निर्माण गरिएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका–१, चौमालामा रहेको मोहन्याल मन्दिर परिसरमा प्रदेशकै पहिलो पटक नक्षत्र वाटिका निर्माण गरिएको छ ।

    मन्दिर उपभोक्ता समितिमार्फत सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईअन्तर्गत रु. २७ लाखको लागतमा वाटिका निर्माण गरिएको निर्माण समितिका सदस्य प्रकाश गुरुङले बताए ।

    पूर्वीय दर्शनअनुसार, ग्रह, नक्षत्रको सन्तुलन विरुवाद्वारा हुने हुँदा १२ राशि, नौ ग्रह र २७ नक्षत्रलाई आधार मानेर वाज्ञटिकामा अमला, जामुन, समी, पिपल, वर, बेल, नीम, खयर, कुश, दुबो, गुल्लर, कटहर गरी ४० प्रजातिका विरुवा रोपिएको सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख डबलबहादुर बोहोराले बताए ।

    बोहोराका अनुसार २७ नक्षत्रअनुसार २७ वनस्पति, ज्योतिषीय महत्व, आयुर्वेदिक उपयोग, पर्यावरणीय लाभ, धार्मिक र सांस्कृतिक पक्ष, शैक्षिक महत्व, वास्तुमा धर्म, जैविक विविधता संरक्षण गर्ने उद्देश्यले नक्षत्र वाटिका निर्माण गरिएको हो । वाटिकामा नक्षत्र र राशीसँग सम्बधित बहुगुणी बिरुवा एकै ठाँउमा रोपिएका छन् ।


    प्रकाशित : सोमबार, श्रावण २६ २०८२०९:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार