२०८३, कार्तिक १३ गते शुक्रबार

भगिरथ राजासँग जोडिएको छ ढुङ्गेधाराको कथा

भगिरथ राजासँग जोडिएको छ ढुङ्गेधाराको कथा


  • मेरोभ्यूज
  • पौष २८, २०७८ बुधबार

  • भगिरथ राजासँग जोडिएको छ ढुङ्गेधाराको कथा

    भक्तपुर । शताब्दी पुरुष सत्यमोहन जोशीले मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको पुरातात्विक एवं ऐतिहासिक संरचनाको अवलोकन गरेका छन् । उनले नगरपालिकाले शङ्खधर चोकमा निर्माण गरेको शङ्खधर पार्कका पुरातात्विक एवं नवनिर्मित संरचनाको अवलोकन गरेका हुन् ।

    उनलाई नगर प्रमुख मदनसुन्दर श्रेष्ठले शङ्खधर पार्कमा निर्माण भएका संरचनाबारेमा जानकारी गराएका थिए । फोहर फाल्ने डाँडो कसरी आकर्षक पार्कमा परिणत भयो भन्नेबारेमा जानकारी गराउँदै उनले यहाँको गुरुयोजना, अब बन्ने शङ्खधर साख्वाःको सालिक, शङ्खलगायतका संरचनाका विषयमा बताए ।

    शङ्खधर पार्कमा निर्माण भएका ढुङ्गेधाराका बारेमा जानकारी लिँदै जोशीले जुनसुकै स्थानका ढुङ्गेधारासँग राजा भगिरथको कथासँग महादेव र गङ्गाको किस्सा जोडिएको बताए । उनले भने, “राजा भगिरथले कैलाशमा गएर महादेवको तपस्या गर्दै पितृ उद्धारका कार्य गर्न बर मागेपछि महादेवले आफ्नो शिरबाट गङ्गा बहाएपछि झरनाको रुपमा पानी बग्यो र त्यही पानी जहाँ जहाँ बगेर गयो त्यहाँ गङ्गाका रुपमा पुजियो ।”

    जोशीले मध्यपुरथिमिको कला, संस्कृतिका साथै नेपालको महत्वपूर्ण कला संस्कृतिका बारेमा पनि चर्चा गरे । अवलोकनका क्रममा नगर प्रमुख श्रेष्ठसँगै मध्यपुरथिमिका पूर्व नगर प्रमुख एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले पनि शङ्खधर पार्कको महत्व र मध्यपुरथिमिमा जनप्रतिनिधि आएपछि भएको सम्पदा संरक्षण तथा विकासका बारेमा जानकारी गराए । 


    प्रकाशित : बुधबार, पौष २८ २०७८०९:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार