२०८३, कार्तिक १२ गते बिहीबार

धार्मिक पर्यटन प्रवर्द्धन गर्न गुम्बा निर्माण

धार्मिक पर्यटन प्रवर्द्धन गर्न गुम्बा निर्माण


  • मेरोभ्यूज
  • श्रावण ८, २०८२ बिहीबार

  • धार्मिक पर्यटन प्रवर्द्धन गर्न गुम्बा निर्माण

    भोजपुर । षडानन्द नगरपालिका–१० तीन तलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण गरिएको छ । बौद्ध संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासका लागि यहाँ बौद्ध गुम्बा निर्माण गरिएको हो ।

    षडानन्द नगरपालिका–१० साम्पाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीन तलेमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयको जनश्रमदानसहित करिब रु. एक करोड वीस लाख लागतमा गुम्बा निर्माण गरिएको हो ।

    करिब दुई रोपनी जमिनमा गुम्बासँगै भान्सा, शौचालय, धारालगायतको संरचना निर्माण गरिएको छ ।

    वडाले रु. पाँच लाख बजेट विनियोजन गरेर गुम्बाभित्र बौद्ध धर्मसँगसम्बन्धित विभिन्न चित्र तथा आकृति बनाएको वडाध्यक्ष शेर्पाले जानकारी दिए ।

    पहिलाको पुरानो गुम्बा २०७२ सालको भूकम्पले जीर्ण बनेपछि वडाको पहलमा नयाँ गुम्बा निर्माण गर्न सफल भएको उनको भनाइ छ ।

    “हामीले बौद्ध धर्म, संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटनको विकास गर्न गुम्बा निर्माण गरेका छौँ” वडाध्यक्ष शेर्पाले भने,“यो क्षेत्रमा धेरै बौद्ध धर्मलम्बीको बसोबास छ । भूकम्पले पुरानो गुम्बा जीर्ण हुँदा धेरै समस्या थियो । वडाको धेरै मेहनत पश्चात यहाँ गुम्बा बनाउन सफल भएका छौँ ।”

    गुम्बा निर्माणको लागि आफूले दुई रोपनी र स्थानीय निम्छीरी शेर्पाले आठ रोपनी जग्गा निःशुल्क दान गरेको वडाध्यक्ष शेर्पाले जानकारी दिए ।

    भूकम्पले जीर्ण बनेको गुम्बाको विकल्पमा नयाँ गुम्बा निर्माण भएपछि उत्साह बढेको स्थानीयवासी फुर्लाक्पा शेर्पाले बताए ।

    वडाको पहलमा बौद्ध गुम्बा निर्माणले यहाँका एक सय वीस बढी बौद्ध धर्म मान्ने समुदायलाई लाभ पुगेको उनको भनाइ छ ।

    गुम्बामा प्रत्येक महिनामा सबैजना भेला भएर पूजाआजा गर्ने चलन रहेको शेर्पाले बताए ।

    “विगतको कच्ची गुम्बा भूकम्पले जीर्ण बनेको थियो” उनले भने,“गुम्बा जीर्ण हुँदाभित्र पसेर पूजाआजा गर्न जोखिम थियो । अहिले आवश्यक संरचनासहितको गुम्बा बनेपछि हामीलाई सहजता भएको छ । गाउँका सबै जना भेला भएर एकसाथ पूजा गर्न सकिन्छ ।”

    नयाँ गुम्बा बनेपछि दर्शन गर्नको लागि विभिन्न ठाउँबाट मानिस आउने गरेको उनले जानकारी दिए ।

    यहाँ नजिकैबाट मुन्दुम पदमार्ग विस्तार भएकाले पर्यटन प्रवर्द्धनका लागिसमेत टेवा पुग्ने शेर्पाले बताए ।


    प्रकाशित : बिहीबार , श्रावण ८ २०८२११:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार