२०८३, कार्तिक १३ गते शुक्रबार

काेराेना भाइरस
सिंहदरबार प्रवेश गर्ने पास खारेज गर्ने गृहमन्त्रालयकाे निर्णय

सिंहदरबार प्रवेश गर्ने पास खारेज गर्ने गृहमन्त्रालयकाे निर्णय

सफाइकर्मीले यसअघि जारी भएका पास देखाएर प्रवेश पाउने


  • मेरोभ्यूज
  • पौष २८, २०७८ बुधबार

  • सिंहदरबार प्रवेश गर्ने पास खारेज गर्ने गृहमन्त्रालयकाे निर्णय

    काठमाडाैं । गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि बनाइएका सरसफाइकर्मी बाहेकका अस्थायी र स्थायी पास तथा अस्थायी परिचयपत्र खारेज गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गरी कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनगर गरी सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग र विभिन्न कार्यालयबाट जारी भएका उक्त पास खारेज गरिएको जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा नयाँ स्थायी, अस्थायी पास र परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै जारी हुने उल्लेख छ ।

    सरसफाइसँग सम्बन्धित व्यक्तिको हकमा पूर्व जारी भएका पास र अस्थायी परिचयपत्रबाट नै प्रवेश दिने मन्त्रालयले जनाएको छ । सिंहदरबारभित्र सञ्चालन भएका चमेनागृहको हकमा २९ गते एक दिनका लागि पुरानै पासबाट प्रवेश दिइने र ३० गतेदेखि भने आवश्यकता हेरी नयाँ पास दिइनेछ । 

    सूचना(7).jpg


    प्रकाशित : बुधबार, पौष २८ २०७८०८:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार