२०८३, कार्तिक १३ गते शुक्रबार

काेराेना भाइरस
काेभिड-१९ संकट व्यवस्थापन केन्द्रले के के निर्णय गर्‍याे ? (निर्णयसहित)

काेभिड-१९ संकट व्यवस्थापन केन्द्रले के के निर्णय गर्‍याे ? (निर्णयसहित)


  • मेरोभ्यूज
  • पौष २५, २०७८ आइतबार

  • काेभिड-१९ संकट व्यवस्थापन केन्द्रले के के निर्णय गर्‍याे ?  (निर्णयसहित)

    काठमाडाैं । देशभर तीव्र रूपमा काेराेना संक्रमण बढेपछि काेभिड - १९ संकट व्यवस्थापन समिति (सिसिएमसी)ले सार्वजनिक स्थलमा भेला हुन राेक लगाउने निर्णय गरेकाे छ । सिसिएमसीकाे आज बसेकाे बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिश गर्ने निर्णय गरेकाे हाे । 

    बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक स्थानमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सवलगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न आग्रह गरेको छ ।

    सिसिएमसीकाे निर्णय हेर्नुहाेस्

    CCMC_Direction-1.jpg

    CCMC_Direction-2.jpg

     


    प्रकाशित : आइतबार, पौष २५ २०७८०८:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार