२०८३, कार्तिक १३ गते शुक्रबार

प्रतापपुरमा खरबुजाखेती

प्रतापपुरमा खरबुजाखेती


  • मेरोभ्यूज
  • जेठ १७, २०८२ शनिबार

  • प्रतापपुरमा खरबुजाखेती

    नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ स्थित वीस बिघा जग्गामा खरबुजा खेती गरिएको छ । यहाँ भारतको उत्तर प्रदेश र हरियानाका बीस घरपरिवारले खेती गरेका हुन् ।

    प्रतापपुर गाउँपालिका–६ का वडाध्यक्ष केशवप्रसाद अधिकारीका अनुसार भारतबाट आएर प्रतिबिघा वार्षिक रु. ६० हजारका दरले भाडामा लिएर भारतीय नागरिकले खरबुजा तथा तरकारीखेती गरिरहेका छन् ।

    गाउँपालिका–६ चोर्नियाको बगरमा गरिएको खरबुजाखेतीबाट किसानले मनग्य आम्दानी गरिरहेका छन् । व्यापारीहरूले किसानको खेतबाटै खरबुजा खरिद गर्ने गरेका छन् ।

    भारतीय निवासी किसान आरिफ खानले तीन वर्षदेखि आफूहरूले यहाँ खरबुजा तथा तरकारीखेती गर्दै आएको बताए । उनका अनुसार प्रतिकेजी रु. वीसमा खरबुजा बिक्री हुने गरेको छ । विगतमा राम्रै आम्दानी भए पनि यस वर्ष खरबुजामा फङ्गस् रोग लागेर सोचेअनुसार उत्पादन नहुँदा केही घाटा लागेको आनको गुनासो छ ।

    यहाँ उत्पादित खरबुजा काठमाडौँ, नारायणघाट, बुटवल, पोखरा, भैरहवा, चितवनसम्मका व्यापारीले खेतमै आएर लैजाने गरेका छन् ।

    प्रतापपुर गाउँपालिका–८ निवासी प्रमोद सहानीले खरबुजाखेती गरेको खेतमा मुमफली (बदाम) कोसमेत उत्पादन हुने भएकाले कसैले भाडामा त कसैले अधियामा खेती गरिरहेको बताए ।


    प्रकाशित : शनिबार, जेठ १७ २०८२०७:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार