काठमाडाैं । काेराेना संक्रमण तीव्र रूपमा बढेपछि सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन राेक लगाएकाे छ । आइतबार बसेकाे काेभिड १९ संकट व्यवस्थापन समितिकाे बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी जम्मा हुने गरी भेला भेला, महोत्सव लगायत आयोजना नगर्न गृह मन्त्रालयमार्फत स्थानीय प्रशासनलाई निर्देशन दिने निर्णय गरेकाे हाे ।
बैठकले सार्वजनिक स्थलमा हुने राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको छ । नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।
बैठकले स्थानीय प्रशासन कार्यालयकाे स्वीकृति लिएर मात्रै कार्यक्रम गर्न पाउने निर्णय गरेकाे छ ।

