२०८३, कार्तिक १३ गते शुक्रबार

बाघको आक्रमणबाट एक वृद्ध घाइते

बाघको आक्रमणबाट एक वृद्ध घाइते


  • रासस
  • पौष २४, २०७८ शनिबार

  • बाघको आक्रमणबाट एक वृद्ध घाइते

    कावासाेती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दुमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । आज दिउँसो मध्यविन्दु नगरपालिका–१५ ढोकाडी निवासी ६० वर्षीय टेकबहादुर कुमाललाई बाघले आक्रमण गर्दा घाइते भएका हुन् । भुलपानी चौरमा गाईवस्तु चराउने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो ।

    बाघको आक्रमणबाट कुमालको टाउकामा गम्भीर चोट लागेको छ । उनको अवस्था चिन्ताजनक छ । बाघको आक्रमणबाट घाइते हुनुभएका कुमाललाई स्थानीयवासीले उद्धार गरी मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि ल्याएका थिए । मध्यविन्दुमा सामान्य उपचारपछि भरतपुर सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सागर पन्तले बताए ।

    नवलपुरको दुम्किबास, अरुणखोला, मध्यविन्दु क्षेत्रमा बाघका कारण स्थानीयवासी त्रसित छन् । यसअघि यस क्षेत्रमा बाघको आक्रमणबाट एक महिनाको अन्तरालमा दुई जनाको मृत्यु भएको छ । बाघले लगातार मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी थप चिन्तित बनेका छन् ।

    उनीहरूले मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा ठोस पहल नभएको भन्दै गुनासो गरेका छन् । यस क्षेत्रमा बाघले मानिसलाई लगातार आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय नवलपुरले एक सूचना जारी गर्दै वन क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ । गाईवस्तु चराउन, घाँस काट्न, निउरो, च्याउ टिप्न वन क्षेत्रमा नजान कार्यालयले अनुरोध गरेको छ ।

    बाघ नियन्त्रणका लागि प्रक्रिया अगाडि बढिरहेको र अझै जोखिम रहेकाले वन क्षेत्रमा जाँदा सावधानी अपनाउ डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।


    प्रकाशित : शनिबार, पौष २४ २०७८०९:५४
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार