२०८३, कार्तिक १३ गते शुक्रबार

‘टिकटकमा लाइभ’ बस्दा.....

‘टिकटकमा लाइभ’ बस्दा.....


  • मेरोभ्यूज
  • बैशाख १५, २०८२ सोमबार

  • ‘टिकटकमा लाइभ’ बस्दा.....

    म्याग्दी । बेनीको कालीपुल बसपार्कमा रहेको म्याग्दी कोशेली घरकी सञ्चालक डिलकुमारी गुरुङ दैनिकजसो एक घण्टा सामाजिक सञ्जाल ‘टिकटकमा लाइभ’ बस्छन् ।

    उनले मनोरञ्जन र सूचना अदान-प्रदानका लागि नभएर स्थानीय उत्पादनको बजारीकरण गर्न सामाजिक सञ्जाल टिकटकलाई प्रयोग गरेको हो ।

    “समाजिक सञ्जाललाई मनोरञ्जन र समय बिताउन मात्र नभएर ब्यापार व्यवसायमा पनि प्रयोग गर्न सकिदो रहेछ,” उनले भने “ टिकटकको सहायताले मासिक रु. तीनदेखि चार लाख मूल्य बराबरको सामान बिक्री गर्दै आएकी छु ।”

    ‘टिकटक’को प्रयोग गर्न थालेपछि उद्यमीहरुले उत्पादन गर्ने सामान खरिद गर्नदेखि उपभोक्ता र जिल्ला बाहिरका ब्यापारीलाई बिक्री गर्न सजिलो भएको गुरुङको अनुभव छ ।

    “पहिले पसलमा आवश्यक पर्ने सामान जुटाउन र मासिक रु. एक लाखको सामान बेच्न पनि मुस्किल थियो,” उनले भनिन “ ‘टिकटक’मार्फत अर्डर लिएर मासिक रु. चार लाखसम्म सामान बेच्छिन । ‘टिकटक’कै सहयोगमा गाउँ-गाउँमा दिदीबहिनीले उत्पादन गरेका सामान खरिद गर्छु ।”

    ‘टिकटक’मा सामानको भिडियोसहित आफ्नो सम्पर्क नम्बर राख्ने गर्छिन । सोही ‘भिडियो’ हेरेर ग्राहकले सामान अर्डर गर्ने र आफ्नो खातामा पैसा जम्मा गरेपछि गाडी र कुरियरमार्फत सामान पठाउने गरेको गुरुङले बताइन ।

    म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको पर्यटक सूचना केन्द्रको भवनको सटरमा गुरुङले गत असार महिनादेखि कोशेली घर सञ्चालन गरेकी थिइन ।

    कोशेली घरमा म्याग्दीका उद्यमीले उत्पादन गर्ने ढाका कपडा, अल्लो, तानमा बुनेका कपडा, राडीपाखी, जातीय पोशाक, नेपाली हाते कागज, भाँगो, कालो भट्ट, रातो च्याउ, सिमीको दाल, सिस्नो पाउडर, घर र भिरमह, टिमुरलगायत बस्तुहरु खरिद बिक्री हुन्छ ।

    पोखरा, काठमाडौं, बुटवल, चितवनका ब्यापारी र विदेशमा रहेका नेपालीहरु ‘टिकटक’को माध्यमबाट कोशेली घरका सञ्चालक गुरुङको सम्पर्कमा आउँछिन ।

    विदेशमा रहेका नेपालीका आफन्तलाई सम्पर्क गरेर सामान पठाउने र भुक्तानी लिने गरेको सञ्चालक गुरुङले बताइन ।

    बेलायत, अस्ट्रेलिया, जापान, पोर्चुगल, अमेरिकामा रहेका नेपालीहरुले सामान माग गर्छन् । सिस्नोको पाउडर, टिमुरको चटनी, फापरको पिठोको विदेशबाट धेरै माग आउने गरेको गुरुङले बताइन ।

    म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कोशेली घर सञ्चालन गरेपनि स्थानीय उद्यमीले तयार पारेका कृषि, पशु र लघुउद्योगको उत्पादन बजारीकरणमा सहयोग पुगेको बताइन । यहाँ आउने पाहुनाहरु फर्किएर जाँदा चिनोस्वरुप कोशेली घरबाट सामान किनेर लैजाने गर्छन् ।


    प्रकाशित : सोमबार, बैशाख १५ २०८२११:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार