काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत पिसिआर परीक्षण गर्दा आफूलाई संक्रमण पुष्टि भएको सार्वजनिक गरेका हुन् ।
‘परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु।कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु’, उनले फेसबुकमा भनेका छन् । हालसालै आफूँसँग प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई आवश्यक सावधानी अपनाउन उनले अनुरोध गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि कोरोना संक्रमण देखिएको छ । उनी अहिले होम आइसोलेनमा छन् ।

