२०८३, कार्तिक १३ गते शुक्रबार

प्रचण्डलाई कोरोना संक्रमण, स्वास्थ्यवस्था सामान्य

प्रचण्डलाई कोरोना संक्रमण, स्वास्थ्यवस्था सामान्य


  • मेरोभ्यूज
  • पौष २४, २०७८ शनिबार

  • प्रचण्डलाई कोरोना संक्रमण, स्वास्थ्यवस्था सामान्य

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि शुक्रबार साँझ गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको दाहालको निजी सचिवालयले जनाएको छ । 

    संक्रमण पुष्टि भएसँगै प्रचण्ड अहिले आफ्नै निजी निवासमा होम आइसोलेसनमा छन् । प्रचण्डसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उनको निजी सचिवालयले भनेको छ ।
    माओवादी नेताहरुमा कोभिड संक्रमण देखिन थालेपछि प्रचण्डले पछिल्लो समय भेटघाट बन्द गरेका थिए । नेता नारायणकाजी श्रेष्ठले पनि कोभिड संक्रमण भएको आजै जानकारी दिइसकेका छन् । 

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत कर्मचारीमा पनि केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । माओवादीले गत साता आठौँ राष्ट्रिय महाधिवशेन सम्पन्न गरेको थियो । महाधिवेशनलगत्तै माओवादीका शीर्ष नेताहरु बिरामी पर्न थालेका थिए । नेताहरु बिरामी परेसँगै माओवादीले आइतबारका लािग बोलाएको केन्द्रीय समिति बैठक स्थगन गरेको छ । 


    प्रकाशित : शनिबार, पौष २४ २०७८११:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार