२०८३, कार्तिक १३ गते शुक्रबार

सांकेतिक भाषाको प्रयोगमार्फत युवालाई होटल तालिम

सांकेतिक भाषाको प्रयोगमार्फत युवालाई होटल तालिम


  • मेरोभ्यूज
  • पौष २३, २०७८ शुक्रबार

  • सांकेतिक भाषाको प्रयोगमार्फत युवालाई होटल तालिम

    काठमाडाैं । एशोसियशन अफ नेपाल आकीद्वारा सञ्चालित ‘कोथिना मिठो छ’ संस्था लाजिम्पाटले सुस्त श्रवण शक्ति भएका व्यक्तिलाई सांकेतिक भाषाको प्रयोगमार्फत होटल तालिम प्रदान गरेको छ ।

    उक्त संस्थाले द ल्याप्रोसी मिसनअन्तर्गत फाउण्ड परियोजनासँगको सहकार्यमा उनीहरुको क्षमता अभिवृद्धि एवं रोजगारी प्रदानका लागि सांकेतिक भाषाको प्रयोगमार्फत होटल तालिम प्रदान गरेको हो ।

    कोथिना मिठो छ संस्थाका अध्यक्ष देवेन्द्र पोखरेलले शारीरिक रुपमा अशक्त भएका युवालाई आत्मानिर्भर बनाउनका लागि सांकेतिक भाषाको माध्यमबाट २५ जनालाई होटल तालिम प्रदान गरिएको जानकारी दिए । उनीहरुलाई सीप सिकाएर विभिन्न होटल तथा रेष्टुरेण्टमा पठाइने अध्यक्ष पोखरेलको भनाइ छ ।

    फाउण्ड परियोजनाकी दोभासे यशोदा गुरुङले युवालाई सीप सिकाएर रोजगार प्रदान गर्ने उद्देश्यले बेकरीसम्बन्धी होटल तालिम प्रदान गरिएको जानकारी दिइन् । सीकेको सीपलाई प्रयोग गर्नका लागि आफैँलाई होटल, रेष्टुरेण्ट तथा बेकरी खोल्न प्रोत्साहन गर्ने गुरुङको भनाइ छ ।

    एशोसिएशन अफ नेपाल आकीद्वारा सन् २०१२ मा मुनाफा वितरण नगर्ने संस्थाका रूपमा सञ्चालित उक्त संस्थमले हालसम्म तीन हजारभन्दा बढी युवालाई होटल तालिम प्रदान गरिसकेको छ ।


    प्रकाशित : शुक्रबार, पौष २३ २०७८०८:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार