२०८३, कार्तिक १४ गते शनिबार

शहिद स्मारक ‘ए’ डिजिभन लिग फुटबलमा एपिएफ र जाउखेलको बराबरी

शहिद स्मारक ‘ए’ डिजिभन लिग फुटबलमा एपिएफ र जाउखेलको बराबरी


  • मेरोभ्यूज
  • पौष २३, २०७८ शुक्रबार

  • शहिद स्मारक ‘ए’ डिजिभन लिग फुटबलमा एपिएफ र जाउखेलको बराबरी

    काठमाडाैं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली एपिएफ क्लब र जावलाखेल युथ क्लवबीचको खेल बराबरीमा टुंगिएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको आठौँ चरणको दोस्रो खेलमा एपिएफ र जावलाखेलबीचको खेल गोलरहित बराबरी सकिएको हो । यस बराबरी खेलसँगै दुवै टोलीले एक एक अङ्क बाडेका छन् ।

    खेलको निर्धारित समयसम्म दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसकेपछि खेल गोलरहित बारबरीमा सकिएको हो । यस बराबरी खेलसँगै एपिएफले आठ खेलमा सात अङ्क जोडेको छ ।

    एपिएफ अङ्क तालिकाको १०औँ स्थानमा रहेको छ । यता समान आठ खेल नै खेलेको जावलाखेलको आठ अङ्क भएको छ । जावलाखेल भने अङ्क तालिकाको नवौँ स्थानमा रहेको छ । 


    प्रकाशित : शुक्रबार, पौष २३ २०७८०७:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार