२०८३, कार्तिक १२ गते बिहीबार

लोसपा जिल्ला अध्यक्षसहित ६५ जना माओवादी केद्रमा प्रवेश

लोसपा जिल्ला अध्यक्षसहित ६५ जना माओवादी केद्रमा प्रवेश


  • मेरोभ्यूज
  • फाल्गुण २४, २०८१ शनिबार

  • लोसपा जिल्ला अध्यक्षसहित ६५ जना माओवादी केद्रमा प्रवेश

    रौतहट । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लिलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    रौतहटको माधव नाराण नगरपालिका-६ माधोपुरमा आयोजित कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।

    जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी प्रवेश गराएको हो ।

    नवप्रवेशी तेली माधव नारायन नगरपालिकामा स्थापित नेता हुन । गत स्थानीय तह निर्वाचनमा उनी यो नगरपालिकाको मेयरमा तीन हजार तीन सय ३२ मतसहित दोस्रो भएका थिए ।

    नवप्रवेशी तेलीले कांग्रेस एमाले पहिचान बिरोधी भएको र मधेसवादी दलहरु अवसरवादमा फसेर फुट र विभाजनमा लागेकाले मधेसको अधिकार रक्षा माओवादीबाट हुने देखेर आफूहरु पार्टी प्रवेश गरेको जानकारी दिए ।


    प्रकाशित : शनिबार, फाल्गुण २४ २०८११०:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार