२०८३, कार्तिक १२ गते बिहीबार

मोरङ रतुवामाईमा सयौं जना माओवादी केन्द्रमा प्रवेश

मोरङ रतुवामाईमा सयौं जना माओवादी केन्द्रमा प्रवेश


  • मेरोभ्यूज
  • फाल्गुण १४, २०८१ बुधबार

  • मोरङ रतुवामाईमा सयौं जना माओवादी केन्द्रमा प्रवेश

    मोरङ । मोरङको रतुवामाई नगरपालिका सयौं जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    जनतासँग माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत मंगलबार रतुवामाईमा आयोजित जनसभामा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेको हो । उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वागत गरेका थिए ।

    वडा नम्बर ९ बाट नेपाली कांग्रेसका युवा व्यवसायी अविनाश बास्तोलासहित १६३ जना, वडा नम्बर १ बाट कांग्रेसका पुराना नेता डा. नई मियाँ, दिलिप झा, एमालेका हरिप्रसाद काफ्लेसहित १३० जना, वडा नम्बर १० बाट एमालेका यदु भण्डारीसहित जना ४०, वडा नम्बर ८ का एमालेका पासाङ तामाङसहित ७२ जना, वडा नम्बर ६ मा सुमन सुब्बासहित ५० जना, वडा नम्बर ४ बाट मिथुन ठाकुरसहित ११० जना, वडा नम्बर २ बाट मजेफुल मियाँसहित १०७ जना, वडा नम्बर ७ मा एमालेका वडा सहसचिव चुडामणि पौडेललसहित ४४ जना, वडा नम्बर ५ बाट समाजवादी पार्टी निकट युवा सङ्घका पूर्व जिल्ला सचिव दिपेन्द्रकुमार रायलगायत  २३ जनासहित रतुवाईबाट झन्डै आठ सय जना यसअघि मोरङकै कानेपोखरीमा साढे नौ सय जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यस्तै सुनबर्सीबाट ५० बढी माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र मोरङले जनाएका छन् ।


    प्रकाशित : बुधबार, फाल्गुण १४ २०८११२:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार