२०८३, कार्तिक १३ गते शुक्रबार

गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न राष्ट्रिय जनमोर्चाको निर्देशन

गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न राष्ट्रिय जनमोर्चाको निर्देशन


  • मेरोभ्यूज
  • पौष २०, २०७८ मंगलबार

  • गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न राष्ट्रिय जनमोर्चाको निर्देशन

    काठमाडाैं । राष्ट्रिय जनमोर्चाले आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि हुने निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उमेदवारलाई मतदान गर्न पार्टीका जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।

    पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गर्नुभएको विज्ञप्तिमा प्रतिगामी सक्रिय बनिरहेको विद्यमान राजनीतिक परिस्थितिमा गठबन्धनले रिक्त सबै स्थानमा साझा उम्मेदवार उठाउने निर्णय गरेकाले उनीहरुलाई मतदान गर्न निर्देशन दिए ।

    पाँच दलीय गठबन्धनले रिक्त १९ सिटमा साझा उम्मेदवार उठाउन गरेको निर्णयको सराहना गरिएको उक्त विज्ञप्तिमा गठबन्धन दललाई धन्यवाद दिनुका साथै अन्य दलका सम्बन्धित जनप्रतिनिधि मतदातालाई पनि साझा उम्मेदवारलाई विजय गराउन आग्रह गरिएको छ ।

    पार्टीले लुम्बिनी प्रदेशमा दलिततर्फको रिक्त सदस्य पदमा तुलप्रसाद विश्वकर्मालाई गठबन्धनको साझा उम्मेदवार बनाएको विज्ञप्तिमा उल्लेख छ । उनलाई मतदान गरी विजयी बनाउन पार्टीले लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई आग्रह गरेको छ ।


    प्रकाशित : मंगलबार, पौष २० २०७८०८:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार