२०८३, कार्तिक १३ गते शुक्रबार

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार


  • मेरोभ्यूज
  • पौष १९, २०७८ सोमबार

  • कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार

    काठमाडाैं । नेपाली कांग्रेसले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट प्रदेश नं १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा युवराज शर्मा र सुदूरपश्चिम प्रदेशमा नारायणदत्त मिश्रलाई उम्मेदवारमा मनोनयन गर्ने निर्णय गरेको छ ।

    माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन ऐक्यबद्ध ढङ्गले अघि बढ्ने सहमति बमोजिमका उम्मेदवारहरूलाई विजयी गराउन बैठकले सबै मतदाताहरूलाई हार्दिक आह्वान गरेको उनले बताए । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।


    प्रकाशित : सोमबार, पौष १९ २०७८१०:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार