२०८३, कार्तिक १२ गते बिहीबार

नगरपालिकामा फोहर प्रशोधन केन्द्र स्थापना

नगरपालिकामा फोहर प्रशोधन केन्द्र स्थापना


  • मेरोभ्यूज
  • माघ ८, २०८१ मंगलबार

  • नगरपालिकामा फोहर प्रशोधन केन्द्र स्थापना

    महोत्तरी । यहाँको बर्दिवास नगरपालिकामा फोहर प्रशोधन केन्द्र स्थापना गरिएको छ ।

    नगरमा दैनिक उत्पादन हुने फोहर व्यवस्थापन गर्न नगरपालिकाले फोहर प्रशोधन केन्द्र स्थापना गरिएको हो । केन्द्र स्थापनासँगै फोहर व्यस्थापनमा सहज भएपछि नगरवासी खुसी भएको बर्दिवास नगरपालिका-३ का स्थानीय मनोज थापाले बताए ।

    यसअघि फोहर यत्रतत्र फालिँदा दुर्गन्धित हुनुका साथै विभिन्न रोग फैलिने सम्भावना रहेको थियो । हाल केन्द्र स्थापना भएपछि नगर सफा हुन थालेको बर्दिवास नगरपालिका-१४ का निकेश खनालले बताए ।

    बर्दिवास नगरपालिकाले हिट्टा हेब्वी मेशिनरी एण्ड रिसाइकल प्रालिको सहयोगमा बर्दिवास नगरपालिका-८ मा जापानिज प्रविधिको फोहर प्रशोधन केन्द्रको स्थापना गरिएको हो ।

    नगरपालिकाले उक्त कम्पनीसँग रु एक करोड वीस लाखमा वीस वर्षको सम्झौता गरेको छ । नगरपालिकाले पूर्वाधार तयार गरिदिएको बर्दिवास नगरपालिका प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए ।

    सामान्य घर परिवारबाट रु ५० र होटल रेस्टुरेण्टबाट फोहरको परिमाणअनुसार बढीमा रु तीन हजार मासिक शुल्क लिने गरेको फोहर प्रशोधन केन्द्रका प्रबन्धक सुरेन्द्र साहले जानकारी दिए ।

    हाल दैनिक छ टन फोहर प्रशोधन केन्द्रमा जलाउन थालेको र यसले नगरभित्रका फोहर व्यवस्थापनमा सहज भएको बर्दिवास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए ।


    प्रकाशित : मंगलबार, माघ ८ २०८११०:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार